हिमाञ्चलमा पहिरो खस्दा १० को मृत्यु, १४ घाइते
वि.सं.२०७८ साउन २८ बिहीवार ०८:११
1.62K
shares

काठमाडौं : भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरोमा परी १० जनाको मृत्यु भएको छ। राष्ट्रिय राजमार्गमा पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हालसम्म १४ जना घाइतेको उद्धार गरिएको बताउँदै अझै केही पुरिएको आशंका गरिएको समाचारहरुमा उल्लेख छ। सडकमाथिको पहाड खस्दा गाडीसहित केही यात्रु पुरिएको आशंका गरिएको छ। पहिरो पछि पनि ठूला ढुंगा खसिरहेकाले उद्धारमा केही कठिनाइ भएको स्थानीय प्रशासनले जनाएको छ।
वि.सं.२०७८ साउन २८ बिहीवार ०८:११

















