skip this

गर्भपतन गराउने औषधी खुवाउँदा जिउँदै छोरी जन्मेपछि हत्या, १८ वर्षदेखि फरार बाबु पक्राउ

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नवजात शिशुको हत्यामा १८ वर्षदेखि फरार अभियुक्तलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका-१ का ५१ वर्षीय प्रेमबहादुर सार्की रहेका छन्। उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए। २०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्मकैद सजाय सुनाएको थियो।
२०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो। उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। नवजात शिशुको हत्या गरेको अभियोग सार्कीमाथि थियो।
जबरजस्ती करणीबाट एक महिलाले गर्भाधारण गरेपछि उनले औषधी खुवाएर गर्भपतन गराई घटना लुकाउन खोजेका थिए। तर, छोरी जिउँदै जन्मेपछि सार्कीले खर बारीमा लगेर हत्या गरेको आरोप थियो। आरोप पुष्टि भएपछि अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो।
त्यतिबेलै प्रहरीले महिलालाई भने पक्राउ गरेको थियो। उनको बयानबाट घटनाको रहस्य सार्वजनिक भएपछि सार्कीलाई अदालतले दोषी ठहर्‍याएको थियो।

nijgadh-supermart-adz1200-630