skip this farak Kura Pravakar

भारतमा थप ३ लाखमा कोरोना संक्रमण, ५ हजारको मृत्यु

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : उच्च बिन्दुमा पुग्ने क्रममा रहेको भारतमा थप तीन लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ८ हजार २६९ जना कोरोना संक्रमित थपिएका हुन् । यही अवधिमा २ लाख ३८ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ५११ जनाको मृत्यु भएको छ ।
त्यहाँ अहिले २२ लाखको हाराहारीमा कोरोनाका सक्रिय संक्रमित रहेका बताइएको छ ।
दिल्लीमा ४५ को मृत्यु
भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीब्रगतिमा फैलिरहेको छ। दिल्लीमा तेस्रो लहर चलेयता अहिलेसम्म कै धेरै शनिबार ४५ जना सङ्क्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। शनिबार दिल्लीमा ११ हजार ४ सय ६ जनामा सङ्क्रमण पुष्टि हुँदा ४५ जनाको मृत्यु भएको हो।
यो तेस्रो लहर सुरु भएयता एकैदिन भएको सबैभन्दा धेरै मृत्यु हो। यस्तै, १४ हजार ८ सय २ जना भने निको भएका छन्। सङ्क्रमण दर १६ दशमलव ३६ प्रतिशत छ।
शनिबार ७० हजार २२६ जनाको कोरोना परीक्षण गरिएको थियो। योसँगै दिल्लीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५४ हजार ५ सय ९३ पुगेको छ। जसमध्ये ४४ हजार ४१५ जना होम आइसोलेशनमा छन्।

nijgadh-supermart-adz1200-630