जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत
वि.सं.२०८२ माघ २६ सोमवार ०९:१४
696
shares

काठमाडौं-जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ ।
आइतबार भएको निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको हो ।
सरकारी प्रसारक एनएचकेले सार्वजनिक गरेको नतिजाअनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ, जुन साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो ।
पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले भनिन्, ‘हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं । हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं ।’
वि.सं.२०८२ माघ २६ सोमवार ०९:१४

















