घट्यो अन्डाको भाउ
वि.सं.२०८२ माघ २६ सोमवार १२:३३
414
shares

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको छ ।
संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए ।
नयाँ भाउ अनुसार ठुलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७५ र मिडियमको ३४५ कायम गरिएको छ । यस्तै एक्सएल अन्डाको प्रतिक्रेट ३ सय ९० रुपैयाँ कायम भएको संघले जनाएको छ ।
यसअघि २२ माघमा ठुलो अन्डा प्रतिक्रेट ४ सय ३५ र मिडियम ४ सय ५ रुपैयाँ रहेको थियो । ११ माघमा ठुलो अन्डा ४ सय ९५ र मिडियमको ४ सय ७५ पुगेको थियो ।
संघका अध्यक्ष पोखरेलले भारतीय सेतो अन्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण अन्डाको भाउ घटेको बताए । गत मंसिरमा अन्डाको भाउ हालसम्मकै उच्च भएको थियो ।
वि.सं.२०८२ माघ २६ सोमवार १२:३३
















