योगदान राष्ट्रको लागि संस्था निजगढको अध्यक्षमा पत्रकार महेश्वर अधिकारी चयन
योगदान राष्ट्रको लागि संस्था निजगढको प्रथम साधारण सभा सम्पन्न
वि.सं.२०८३ वैशाख १३ आइतवार १७:५७

बारा–योगदान राष्ट्रको लागि संस्था निजगढको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
निजगढ–७ स्थित फायरउड होटलमा भएको साधारण सभाले पत्रकार महेश्वर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
९ महिनाअघि गठित सरस्वती चौलागाई नेतृत्वको तदर्थ समितिको आयोजनामा भएको साधारण सभाले अधिकारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा भावना सुनार, सचिवमा लक्ष्मी पाण्डे, कोषाध्यक्षमा जानुका अधिकारी, सह–सचिवमा भरत खड्का सर्वसम्मत चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा लक्ष्मी भण्डारी, नेत्रकुमारी थापा, शुभद्रा उप्रेती, बेगबहादुर थापा चयन भएका छन् ।
११ सदस्यिय कार्यसमितिमा दुई जना आगामी बैठकले मनोनयन गर्ने गरि साधारण सभाले निर्णय गरेको छ ।
साधारण सभामा योगदान राष्ट्रको लागिका केन्द्रिय सदस्य रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
वि.सं.२०८३ वैशाख १३ आइतवार १७:५७
















