skip this farak Kura Pravakar

श्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको असर : आज यी प्रदेशमा हुनेछ भारी वर्षा

36 shares
oil-nigam-amlekhgunj-adv.jpeg

हाल पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले अहिले देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेससहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी प्रदेशका धेरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

nijgadh-supermart-adz1200-630