skip this

सञ्चारकर्मी संगिता शर्माले चलचित्र नम्बरी सुनमा अभिनय गर्ने

2.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–सञ्चारकर्मी संगिता शर्माले चलचित्र नम्बरी सुनमा अभिनय गर्ने भएकी छिन् । डिसी नेपाल डटकममा आवद्ध सञ्चारकर्मी शर्मा समाजिक क्षेत्रमा समेत सक्रिय छिन् ।

शर्माले पहिलो पटक चलचित्र नम्बरी सुनमा अभिनय गर्न लागेकी हुन् । चलचित्रमा क्यारेक्टर अभिनयमा बुद्धि तामाङको अपोजिट भूमिका देखिने भएकी छिन् ।

राजु गिरीको निर्देशनमा चलचित्र ‘नम्बरी सुन’मा अनुबन्धित भएको सञ्चारकर्मी शर्माले बताईन् ।

माघ २० गतेबाट फ्लोरमा रहेको यो चलचित्रको मुख्य भुमिकामा गौरव पहारी, नम्रता सापकोटा रहने छन भने संगीता शर्मा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीलगायत कलाकारको अभिनय रहने बताइएको छ ।

निर्देशक गिरीले ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडीको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको जानकारी दिए । यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पनि कमब्याक गर्दै छन् ।

सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ ।

लमजुङको भुजुङखोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिने जनाइएको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

nijgadh-supermart-adz1200-630