सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा कमल शाह
वि.सं.२०७९ पुस २० बुधवार २१:१३
1.29K
shares

धनगढी-सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा कमल शाह सर्वसम्मत चुनिएका छन्।
बुधबार कांग्रेस संसदीय दलको नेता छनोटका लागि शाहको मात्रै मनोनयन दर्ता परेको थियो।
सोही आधारमा कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित शाहलाई सर्वसम्मत रुपमा चयन गरिएको प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिए।
यसअघि संसदीय दलको नेतामा बहादुर सिंह थापा, प्रकाश देउवा, दिवानसिंह विष्ट, मेघराज खड्का प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट गरी ७ जनाको दाबी थियो।
केन्द्रको निर्देशनको आधारमा शाहलाई ससंदीय दलको नेतामा चयन गरिएको जनाइएको छ।
सुदूर पश्चिममा नेपाली कांग्रेसका १९ जना सांसद छन्।
वि.सं.२०७९ पुस २० बुधवार २१:१३

















