केपी ओलीसँग नैतिकता नै छैन –घनश्याम भुसाल
वि.सं.२०७९ कात्तिक १३ आइतवार १४:४४

काठमाडौं । केपी ओलीसँग नैतिकता नै नभएको नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले बताएका छन् । आज रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको बताएका छन् ।
ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसविरुद्ध आन्दोलन गर्नु परेको जिकिर गरेका छन् । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरेका छन् ।
वि.सं.२०७९ कात्तिक १३ आइतवार १४:४४
















