skip this farak Kura Pravakar

लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्ज हुदै

3.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- सोमबार लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सोमबार दुई बैंकविच गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रारम्भिक सम्झौता अनुसार दुइ बैंक बराबरी हैसियतमा गाभिने भएका छन्। सोमबार भएको सम्भौता अनुसार १ बराबर १ को शेयर अनुपातमा गाभिने सम्झौता गरेका हुन्। डिडिए रिपोर्ट आएपछि भने यो अनुपात केहि फरक पर्न सक्छ।

मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने छ। हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक समान हैसियतमा गाभिए पछि नयाँ बन्ने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ।

हाल लक्ष्मी बैंकको निक्षेप कुल एक खर्ब ४० अर्ब १२ करोड रुपैयाँ छ भने सनराइज बैंकको एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ। कर्जा लगानी भने लक्ष्मीको एक खर्ब २९ अर्ब ६१ करोड र सनराइज बैंकको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ।

यी दुई बैंकको मर्जर प्रकृया सकिएपछि वाणिज्य बैंकको संख्या २० वटामा झर्ने छ।

nijgadh-supermart-adz1200-630