skip this

पहिरोले डुम्रे–बेसीसहर सडकखण्ड अवरुद्ध

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लगातारको वर्षाका कारण डुम्रे–बेसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । सोमबारदेखिको निरन्तर वर्षाका कारण मंगलबार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेसीसहर नगरपालिका१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदिपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

गत वर्ष र केही हप्ताअघिको पहिरोले डुम्रे बे‌सीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यो खण्डसमेत पटकपटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।

nijgadh-supermart-adz1200-630