गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक नभएको छैन नेता सिटौलाको भनाई
वि.सं.२०७९ असार ३० बिहीवार १७:५७
1.13K
shares

काठमाडौं । गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक नभएको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको भनाई छ । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता सिटौलाले गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुंगो लगाउन आवश्यक नभएको बताएका छन् । उनले देश जता जान्छ त्यतै जाने जिकिर गरेका छन् ।
उनले अहिले गठबन्धनका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा कांग्रेसको सरकार बनेको र जनताका कुरा सुनिन थालेको बताए । उनले कांग्रेस जनको मनोबल बढेको र निर्वाचन सम्म देशको परिस्थिति कस्तो हुन्छ त्यो एउटा कुरा भएको बताए ।
वि.सं.२०७९ असार ३० बिहीवार १७:५७
















