गठबन्धन नगरी सबैले आ–आफ्ना उम्मेदवार उठाऔं–सिर्जना सिंह
वि.सं.२०७९ साउन २५ बुधवार १४:४१
873
shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा गठबन्धन नगरी चुनावमा जान सुझाव नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले दिएकी छन्।
आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सिंहले आउँदै गरेको संसदीय चुनावमा आ–आफ्नो पार्टी आफ्नै चुनाव चिन्ह र गठबन्धन नगरी सबैले आ–आफ्ना उम्मेदवार उठाउने बरु बहुमत नआए गठबन्धन गर्दा हुने बताएकी छन् । उनले स्थानीय चुनावमा आफ्नो अनुभव भन्दै गठबन्धनले अन्योल र अस्तव्यस्त बाहेक केही नगर्ने बताएकी छन्।
वि.सं.२०७९ साउन २५ बुधवार १४:४१
















