लायन्स क्लब अफ काठमाडौं आधारले मेलबेनजाेन्सकाे जन्माेत्सव पाँच दिन मनायाे

456 shares

काठमाडौं- मेलबेनजाेन्सकाे १४४ ओैं जन्माेत्सवकाे अवसरमा लायन्स क्लब अफ काठमाडौं आधारले पाँच दिने विशेष कार्यक्रम गरेर मनाएको छ ।

क्लबका अध्यक्ष ईन्ता श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रम अन्तगत आश्रमहरुमा खाना खुवाउने कार्यक्रम, रक्तदान कार्यक्रम, न्यानाे कपडा वितरण कार्यक्रम गरेकाे हाे ।

क्लबले आईतवार धुम्बाराही लायन्स बृद्धाआश्रममा ११ सेट सिरक डस्ना वितरण गरिएको छ । अपांग सराेकार केन्द्र बलाजु, नेपाल मानव सेवा संस्था मनमैजु, हिमालय बृद्वाआश्रममा खाना खुवाएर कार्यक्रम सुरु गरिएको थियाे । कार्यक्रम अन्तरगत जरङ्कुमा रक्तदान कार्यक्रम गरिएकाे थियाे ।

जन्माेत्सवकाे अवसरमा पाँच वटा कार्यक्रम गरिएको क्लबकी पाष्ट सेक्रेटरी प्रमिला लामिछानेले जानकारी दिईन् ।

कार्यक्रममा डिस्टिक गभर्नर मनीरत्न बज्राचार्य, सेकेन्ड भिपि सुमन भट्ट, दुर्गा प्रसाद घिमिरे,क्लबका सरिता तामाङ, रेश्मा श्रेष्ठलगायत क्लबका सदस्यहरुको उपस्थिति थियोे ।

याे विगतको सालहरुमा पनि सामाजिक कार्यमा सकृय माहिलाहरुको क्लब हाे ।