skip this farak Kura Pravakar

विश्व कीर्तिमानी गीतकार तथा कवि साहित्यकार डा. डिआर उपाध्यायको एकसाथ ७ गीति कविता सार्वजनिक

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : विश्व कीर्तिमानी गीतकार तथा कवि साहित्यकार डा. डिआर उपाध्यायले एकसाथ ७ गीति कविता सार्वजनिक गरेका छन् ।
गिनीज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका चर्चित ५२ वटा विधामा यसअघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मंगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।
यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका १ सय १० म्युजिक ब्याण्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् । यी गीति कवितालाई पनि उनले केही दिनमै विश्व रेकर्डमा समावेश गर्नेछन् । उनले अर्को महिना भित्र करिब ६० वटा विश्व रेकर्ड पुर्याउँदैछन् ।

nijgadh-supermart-adz1200-630