गजल
वि.सं.२०८३ साउन १६ शनिवार २०:५९
66
shares

जे हुन्छ राम्रैको लागि हुन्छ राम्रो हुन्छ
आफ्नो सोच्नु पर्यो नि अनि पो हाम्रो हुन्छ
दायरा तोक्ने दायित्व पनि तिमिसँगै छ
फक्रिन देऊ न सीमा नत्र त साँघुरो हुन्छ
घमण्ड पनि खै के को गर्नु र यहाँ
सबै क्षणिक छ न मेरो हुन्छ न तिम्रो हुन्छ
सुकाएपछि नरमता घाममा सँधै
नतिजा अवश्य पनि चाम्रो हुन्छ ।
-चनौली, चितवन
वि.सं.२०८३ साउन १६ शनिवार २०:५९

















