skip this

लमहीमा रचना वाचन तथा नववर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

834 shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ— स्वतन्त्र साहित्य पुञ्ज नेपाल र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा दाङको लमहीमा रचना वाचन तथा नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

साहित्यकार गंगानाथ कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता स्वतन्त्र साहित्य पुञ्ज नेपालकी अध्यक्ष भावना न्यौपानेले गर्नुभएको थियो। कार्यक्रम चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको थियो।

कार्यक्रममा साहित्यकार तथा कलाकार नारायण योगी, बालमुकुन्द आचार्य, बगार बाबा प्राविधिक शिक्षालयका सञ्चालक किरण चौधरी, दिलिप कुमार यादव लगायत थुप्रै साहित्यकार तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा भावना न्यौपाने, तेजप्रसाद खनाल, सक्सेस खनाल लगायतले आ–आफ्ना रचनाहरू वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन छविलाल कोपिलाले गर्नुभएको थियो।

साहित्यिक माहोलमा सम्पन्न उक्त कार्यक्रम निकै भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

nijgadh-supermart-adz1200-630