बाराका मनोज भारतीलाई विकास रत्न पदकबाट विभुषित

1.97K shares

काठमाण्डौं–काठमाण्डौंमा गार्मेन्ट उद्योग सञ्चालन गर्दै आएका बाराको निजगढका मनोज भारतीले विकास रत्न पदक पाउने भएका छन् ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भारतीले पदक पाउन लागेका हुन् । सरकारले उनीसहित १६ जनालाई यो पदकबाट विभुषित गर्न लागेको हो । यो पदक व्यवसायि, व्यवसायिक किसान, बैंकर, अभियन्ता, युवा उद्यमी र नेपाली सेनाका एक सेनानी र जमदारले पाएका छन् ।

को हुन् मनोज भारती ?

व्यवसायसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेका भारती वैदेशिक रोजगारीबाट फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरेर सयौंलाई रोजगारी समेत दिएका छन् ।

मनोज भारतीले सञ्चालन गरेको फिटवेल गार्मेन्ट ।

भारतले भुकम्प, कोभिड–१९, बाढी पहिरो लगायत विभिन्न विपत्त तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । उनले विद्यार्थी, खेलाडी, पत्रकार लगायतलाई समेत उद्योगबाट उत्पादित जर्सी उपलब्ध गराएर सहयोग गरेका छन् ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टबाट सम्मान ग्रहण गर्दै मनोज भारती ।यस अघि उनी २०७६ मा श्रम तथा रोजगार मन्त्रालयबाट समेत सम्मानित भएका थिए । वैदेशिक रोजगारीबाट फर्केर उद्यममार्फत रोजगारी सृजना गरेको भन्दै उनलाई तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले सम्मान गरेका थिए ।