विद्युतीय सवारी अभियन्ता यमुनालाई विकास रत्न पदक

2.02K shares

काठमाडौं–नेपालमा विद्युतीय सवारी साधानको प्रयोगमार्फत वातावरण मैत्री, प्रदुषण मुक्त शहरको अभियानमा जुटेकी व्यवसायि यमुना श्रेष्ठलाई सरकारले विभुषित गर्ने भएको छ ।

आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न योगदान पु¥याएको भन्दै संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभुषण विकास रत्न पदक यमुना श्रेष्ठले पाउने भएकी हुन् । सरकारले उनीसहित १६ जनालाई यो पदकबाट विभुषित गर्न लागेको हो । यो पदक व्यवसायि, व्यवसायिक किसान, बैंकर, अभियन्ता, युवा उद्यमी र नेपाली सेनाका एक सेनानी र जमदारले पाएका छन् ।

 

को हुन् यमुना ?

काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चा छत्रेवाँझ (साविक) मा २०३७ सालमा जन्मेकी यमुनाको ललितपुरको ग्वर्कोमा बसोबास छ । प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गरेकी छिन् ।

नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनकको केन्द्रीय सदस्य रहेकी उनी इलेक्ट्रोनिक भेइकल सोसाइटीको संस्थापक अध्यक्ष हुन् ।

बीवाइडीको सर्भिस सेन्टर तथा चार्जिङ स्टेसन उद्घाटन ।

बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकको प्रबन्ध निर्देशक समेत हुन् । जसले आईतबार नयाँ सर्भिस सेन्टर तथा चार्जिङ स्टेसन संचालनमा ल्याएको छ । सेन्टरको नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए ।