शुक्रबार बिहानसम्मका लागि फेरि सर्यो माओवादी बैठक
वि.सं.२०७९ भदौ २ बिहीवार २०:०३
1.39K
shares

काठमाडौं-नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बिहानसम्मका लागि फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रुप दिने भन्दै माओवादीले बिहीबार बेलुकी ६ बजेका लागि बैठक बोलाएकोमा आज बैठक बस्न नसकेको हो ।
यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो । प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि डाकिएको बैठक शुक्रबार बिहानसम्मका लागि सारिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।
बैठक भोलि बिहान साढे ८ बजे बस्नेछ ।
वि.सं.२०७९ भदौ २ बिहीवार २०:०३

















