आसन्न निर्वाचनबाट माओवादीले मधेशमा नयाँ रेकर्ड राख्नुपर्छ – प्रचण्ड
वि.सं.२०७९ वैशाख २४ शनिवार १२:२१

काठमाडौं । आसन्न निर्वाचनमा मधेशले नयाँ रेकर्ड राख्नुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई छ । आज धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले आफुहरु तेस्रो निर्वाचन प्रक्रियामा प्रवेश गर्न लागेको र यो निर्वाचनबाट माओवादीले मधेशमा नयाँ रेकर्ड राख्नुपर्ने बताएका छन् ।
मधेशी जनताकै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बनेको समेत बताए। प्रचण्डले आफुले ७० को निर्वाचन मधेशबाटै लडेंको र मधेशी जनसमुदायको मत पाएरै निर्वाचित भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेशी जनताको मतकै कारणले भएको स्मरण गरेका छन् । उनले अहिलेको परिर्वतन माओवादीले नै ल्याएको बताएका छन् । मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न आफूले धेरै मेहनत गरेको उनको भनाई छ ।
वि.सं.२०७९ वैशाख २४ शनिवार १२:२१
















