सहिद स्मृति आधारभूत विद्यालयको स्टोरमा आगलागी
वि.सं.२०७८ फागुन २० शुक्रवार १०:४९
1.11K
shares

बुटवल । बुटवलको सहिद स्मृति आधारभूत विद्यालयको स्टोर कक्षमा आगजनी भएको छ।
बिहीबार दिउँसो अपरिचित व्यक्ति विद्यालयको कम्पाउन्डभित्र प्रवेश गरी आगजनी गरेको स्थानीयले बताएका छन्।
आगजनीबाट स्टोर कोठामा रहेका विभिन्न शैक्षिक सामग्री, फाईलहरु, विभिन्न भौतिक संरचनालगायतका सामग्री जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक प्रकाश गौतमले जानकारी दिए।
आगजनी कसले र किन गर्यो भन्ने बारेमा थाहा हुन नसकेको उनले बताए। आगजनीबाट करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको विद्यालयले जनाएको छ।
विद्यालयमा आगजनी भएको देखेपछि स्थानीयले विद्यालय परिवारलाई खबर गरेका थिए। स्थानीय अभिभावक, बुिद्वजीवि, जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा प्रहरीको सहयोगबाट आगो नियन्त्रणमा लिइएको थियो।
वि.सं.२०७८ फागुन २० शुक्रवार १०:४९
















