ट्याक्टरको ठक्करबाट ट्राफिक प्रहरीका सईको मृत्यु
वि.सं.२०७८ फागुन २० शुक्रवार १०:४०
915
shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको जयनेपाल चोकमा खटिएका एक ट्राफिक प्रहरीको निधन भएको छ।
ट्याक्टरको ठक्करबाट प्रहरी नायब निरीक्षक (सई) अर्जुन पौडेलको निधन भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा कार्यरत पौडेलको घटनास्थलमै निधन भएको बताइएको छ।
बिहिबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको हो।
ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालयल गितानगरले नियन्त्रणमा लिएर थप सोधपुछ गरिरहेको छ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १०:४०
















