skip this farak Kura Pravakar

झण्डै ६ वर्षपछि आफ्नै गितमार्फत कम्ब्याक गरेकी मिनाले पाईन् दर्शकको माया

57.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हास्यकलाकार मनोज गजुरेलको पत्नीको रुपमा मात्र चिनिएकी मिना ढकालले आफ्नै पहिचान खोज्दै झण्डै ६ वर्षअघि सांगेतिक क्षेत्रमा हात हालिन् । जतिबेला उनले गजुरेलसँगको सम्बन्धलाई बिराम दिएकी थिईन् ।

उनकै स्वर र अभिनयमा सार्वजनिक भएको आँखा जुध्यो… बोलको गितको भिडियो सार्वजनिक गरेसँगै दर्शकबाट मायाको साटो आलोचना बेहोर्नुप¥यो । त्यसयताका पाँच वर्ष उनी विभिन्न सामाजिक सञ्जालमा ‘भाईरल’ रहेपनि गित संगितको यात्रामा फर्किनन् ।

पहिलो गित सार्वजनिक भएको झण्डै ६ वर्षपछि मिनाको साँगेतिक क्षेत्रमा कमब्याक भएको छ । उनलाई कमब्याक त्यहि शब्दले गराएको छ । जसलाई फरक शिर्षक र थप पात्रसहित दर्शकमाझ ल्याईएको छ ।

माया बस्यो.. बोलमा निकालिएको गितको भिडियोमा यो पटक मिनालाई अभिनयमा अनुप बोहोराले साथ दिएका छन् । अघिल्लो पटक उनी एक्लै देखिएकी थिईन् ।

टिकटकमा चर्चामा रहने गरेकी मिनाको गित यो बेला सार्वजनिक भएको छ, जतिबेला टिकटक प्रतिबन्ध लागेको छ । उनलाई पछ्याउने टिकटक प्रयोगकर्तासम्म पुग्न नपाएको गितको भिडियोलाई उनले आफ्नै युटुब च्यानल ‘मिना ढकाल’ बाट सार्वजनिक गरेकी छिन् ।

भिडियोलाई पाँच दिनमा ७० हजार पटक हेरिएको छ । जसमा पाँच सय ६७ कमेन्ट र तीन हजार दुई सय कमेन्ट आएको छ । मिनाले अघिल्लो पटक भन्दा निकै राम्रा प्रतिकृया पाएकी छिन् । यो पटक मिनाले दर्शकको शुभकामना र बधाई पाएकी छिन् ।

मिना आफै पनि अघिल्लो पटक भन्दा धेरै राम्रो गित र भिडियो तयार भएको बताउँछिन् ।

गीतमा दिपक राज पाठकको शब्द,राम कार्कोकी संगीत, बिशान मानन्धरको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ रहेको छ । अनिता विश्वकर्माको निर्देशन रहेको भिडियोमा सरगम गहको मेकअप रहेको छ ।

भिडियो :

nijgadh-supermart-adz1200-630