एमसिसी परियोजनाका लागि १० कर्मचारी माग
वि.सं.२०७८ फागुन १८ बुधवार ११:५३
2.9K
shares

काठमाडाैं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि १० जना कर्मचारी माग गरिएको छ।
अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मंगलबार विभिन्न १० पदमा कर्मचारी माग गरेको हो।
गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको थियो। सम्झौता अनुमोदन भएर कार्यान्वयनको चरणमा गएपछि कर्मचारी मागिएको हो।
एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवदेन दिन सक्नेछन्।
एमसिसीले अनुदानमा दिने ५० करोड अमेरिकी डलर नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउनमा खर्च हुनेछ।
वि.सं.२०७८ फागुन १८ बुधवार ११:५३

















