skip this

नारायणकाजी र विप्लवबिच भेट

1.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न श्रेष्ठको निवास हात्तिवन पुगेका छन्।

एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव बुधबार बिहान नेता श्रेष्ठलाई भेटन् हात्तिवन पुगेका हुन्।

एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ। दुवै एमसिसीको विपक्षमा रहेका छन्। यता एमसिसी अनुमोदनको विषयलाई लिएर माओवादी केन्द्रभित्र विवाद चर्किएको छ।

nijgadh-supermart-adz1200-630