कांग्रेस बागमतीको संसदीय दलको निर्वाचन आज हुँदै, कसको होला जित ?
वि.सं.२०७९ पुस १३ बुधवार ०९:२०
942
shares

काठमाडौं । आज नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न मतदान हुँदैछ ।दलको नेतामा सहमति जुट्न नसकेपछि आज हेटौडामा २ देखि ३ बजेसम्म मतदान हुन लागेको हो ।मंगलबार मतदाता नामावली प्रकाशन गरिएको थियो । बेलुका ४ बजे अन्तिम नामावली प्रकासित गरिएको हो ।बिहान १० बजे उम्मेदवारको नामावली प्रकाशन र आजै दिउँसो २ बजेदेदि ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।
निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले सार्वजनिक गरेको निर्वाचनको कार्यतालिका अनुसार मतदान सकिए लगत्तै गणना हुने र आजै मतपरिणाम सार्वजनिक हुनेछ।कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र बहादुर लामाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
वि.सं.२०७९ पुस १३ बुधवार ०९:२०


















