अध्यक्ष नेपाल र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भेटवार्ता
वि.सं.२०७९ चैत १० शुक्रवार ११:५४

काठमाडौं । काठमाडौँ । आज बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटका क्रममा अध्यक्ष नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेका छन् । ‘संघमा तीन मन्त्रालय र प्रदेशको एक मन्त्रालय दावी गर्नेगरी पार्टीमा कुरा भएको हो । सोहीअुनसार अध्यक्षले प्रधानमन्त्रीसँगको आजको भेटमा कुरा राखेको अध्यक्ष नेपाल निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीले कसरी मिलाउन सकिन्छ म मिलाउने प्रयास गर्छु भन्ने जवाफ दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित गठबन्धनमा रहेका नेताहरुसँग एक्लाएक्लै भेटेर मन्त्रालय भागबण्डा र प्रदेश मुख्यमन्त्रीका बारेमा छलफल गरिरहेका छन् । सत्तारुढ दलको आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबण्डाको ठोस प्रस्ताव पेस गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।
वि.सं.२०७९ चैत १० शुक्रवार ११:५४

















