skip this

आज प्रधानमन्त्री दाहाल र कांग्रेस नेता निधिबीच भेटवार्ता

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न कांग्रेस नेता निधि बालुवाटार पुगेका हुन् ।राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटलाई तीब्र बनाएका छन्।

उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। निधिले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव गरेको कांग्रेसका एक नेताले जानकारी दिए। एमालेलाई राष्ट्रपति दिँदा सबै शक्ति उसको हातमा पर्ने भएकाले बनाउन नहुने बताउँदै उनले कांग्रेसलाई सघाउन आग्रह गरेको बताइएको छ। प्रचण्डले राष्ट्रपतिको अडानबाट ओली पछाडि नहटेकाले एमालेसँग छलफल गर्न आग्रह गरेका छन्।

nijgadh-supermart-adz1200-630