प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता
वि.सं.२०७९ चैत २६ आइतवार १२:०५
789
shares

काठमाडौं ।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् । कैलालीको गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले उनीसँग राजनीतिकसहितका विषयमा कुराकानी गरेका हुन् ।
कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार धनगढी विमानस्थलबाट सिधै भट्ट निवास पुगेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले उनीसँग भेटवार्ता गरेका हुन् । जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
वि.सं.२०७९ चैत २६ आइतवार १२:०५

















