राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
वि.सं.२०७९ पुस १३ बुधवार ०९:११
840
shares

काठमाडौं । आज राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।
बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ। यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।
वि.सं.२०७९ पुस १३ बुधवार ०९:११

















