skip this

सेनाका उपरथी शाहीको घरमा सैनिक प्रहरीको छापा

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो ।

सैनिक उच्च स्रोतका अनुसार अहिले पनि शाहीको घरमा टोली छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले मंगलबार नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले चाहिँ शाहीको घरमा छापा मारेकोबारे आफूलाई थाहा नभएको बताए । ‘आर्थिक अनुशासनका विषयमा उजुरी परेपछि उहाँविरुद्ध छानबिन भइरहेको हो’, भण्डारीले भने, ‘त्यसबाहेकका विषय मेरो जानकारीमा छैन ।’

तर, कार्यालयका कागजात घरमा हुनसक्ने भन्दै सैनिक प्रहरी गणको टोली शाहीको घरमा पुगेर छापा मारेको हो । सैनिक टोलीले नेपाल प्रहरीको टोलीलाई पनि साथमै लगेको थियो ।

हालसम्म शाहीको घरमा त्यस्ता कुनै कागजात नभेटिएको स्रोतले बताएको छ । शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिन्थे । उनको शैक्षिक प्रमाण पत्रमा दुईथरी उमेर देखिएको थियो । सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए ।

अवकाशको १५ दिनअघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो ।

nijgadh-supermart-adz1200-630