skip this farak Kura Pravakar

निजगढका दूध किसानले पाए नगरपालिकाबाट लिटरमा एक रुपैयाँ अनुदान

१० महिनाको १९ लाख ४४ हजार ३ सय ८७ हजार वितरण

3.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ)– बाराको निजगढ नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रति लिटर एक रुपैयाँ अनुदान वितरण गरेको छ ।

सहकारी मार्फत दुग्ध कारोबार गर्दै आएका किसानलाइ नगरपालिकाले प्रति लिएर रू १ अनुदान दिन सुरु गरेको हो । बागदेव दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानलाई निजगढ ५ स्थित सामुदायिक भवनमा आयोजिक एक कार्यक्रमका बीच मेयर सुरथ पुरीले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका छन् ।

मेयर पुरीले १० महिनाको १९ लाख ४४ हजार ३ सय ८७ हजार वितरण गरिएको जानकारी गराएका छन् । उनले किसानको पौरखबाट प्रणीजगत पालिएको भन्दै कृषि पेशालाइ सम्मानजनक बनाउन नगरपालिकाले प्रोत्साहन गर्न सुरुवात गरिएको बताए ।

उपमेयर सोममाया थिङले नगरपालिका किसानको साथमा रहेको अनुभुती रहेको छ । किसानलाइ सहकारीको पहुँचमा पु¥याउने र प्रोत्साहन गर्ने नगरपालिकाले नीति बनाएको बताईन् । सहकारीमा आवद्ध हुदा किसानको हित हुने बताए ।

उपमेयर थिङले फलफुल तथा तरकारी क्षेत्रलाई पकेट बनाएर जोड दिने प्रोत्साहन गर्ने बताईन् । प्रत्येक वडामा संकलन केन्द्र बनाउने नीति कार्यक्रममा समेटिएको छ । उनले रसायनिक मलको विकल्पमा दुग्ध किसानले काम गर्नु पर्ने बताए ।

त्यस्तै निजगढ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा– मेयर सुरथ पुरीको प्रस्तावमा किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले पहिलो वर्ष एक लिटरमा एक रुपैयाँ अनुदान दिन सुरु गरिएको छ । नगरपालिकाले निःशुल्क नश्ल सुधार, ५० प्रतिशत अनुदानमा पशु विमा, घाँस अनुदान दिने व्यवस्था गरिरहेको बताए ।

कार्यपालिका सदस्य सर्मिला विश्वकर्माले गहन छलफल गरेर अनुदान सुरु गरिएको बताईन । ‘आगामी दिनमा बढाउने सोच छ,’ उनले भनिन्–सहकारीमा आवद्व भएकोलाई प्रोत्साहन गर्ने नीति रहेकोले किसानलाई सहकारीमा आवद्ध भएर दूध बेच्न अनुरोध छ ।’ नगरपालिकाले दूध, केरा खेती, सिचाइलाई महत्वमा राखिएको उनले जानकारी गराईन् ।

जिल्ला सहकारी संघ बाराका सदस्य पुरुषोत्तम भट्टराईले नगरपालिकाले उपलब्ध गराएर किसानलाई उत्साह थपेको बताए । ‘थप बृद्वि गरोस्,’ उनले भनिन्–रसायनिक मलको विकल्पमा जैविक मल प्रोत्साहित गर्न अनुदान दिनुपर्ने हुन्छ ।’

सहकारीका पुर्व अध्यक्ष नारायण प्रसाद गौतमले अनुदानका रुपमा प्रोत्साहन रकम सबै दूध किसानले पाउने वातावरण बनाउनु पर्ने बताए । सहकारीमा आवद्ध भएर किसानले धेरै सेवा सुविधा लिन सकिने भएकाले सबैलाइ सहकारीमा समेट्नु पर्ने बताए ।

कार्यक्रममा जनजागृत सुन्दर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जयप्रसाद ढुंगाना, पशु सेवा अधिकृत युगल किशोर सिंह, पत्रकार महेश्वर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रकाश प्रसाद सापकोटा र स्वागत अर्जुन प्रसाद घिमिरेले गरेका थिए ।

nijgadh-supermart-adz1200-630