skip this

सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषि मन्त्री भारतमा

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत प्रस्थान गरेका छन् ।खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् ।

भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्ने भएका छन् ।

मन्त्री यादवका प्रेस सहयोगी सत्यप्रकाश यादवका अनुसार व्यापार सहजीकरण, अलैंची चिया निर्यात, हरियाणा र नोयडाबाट उपलब्ध गराउने भनिएको मुर्गाजातका भैंसी आयात गर्ने विषयमा पनि छलफल हुनेछ । मन्त्री यादव २६ जेठमा स्वदेश फर्कनेछन् ।

nijgadh-supermart-adz1200-630