सुनिल गिरीको सोल्टिनी क्या राम्रीमा मिरुना र गणेशको अभिनय
वि.सं.२०७९ जेठ २० शुक्रवार १६:५३
2.04K
shares

काठमाडौं । लोकपप गायक सुनिल गिरीको नयाँ गीत , सोल्टिनी क्या राम्रीको भिडियो सार्वजनिक गरिएको छ । गायक गिरीकै अफिसियल युट्युब च्यानलबाट बजारमा आएको भिडियो सोल्टिनीको तेस्रो सिरिज हो । जसमा गायक गिरीकै शब्द सृजना, संगीत र स्वर छ भने एरेन्ज कृष्ण विकले गरेका छन् । प्रेम र रोमान्सलाई कलात्मक शैलीमा देखाइएको भिडियोमा पछिल्लो समयकी लोकप्रिय नायिका मिरुना मगरसँग गणेशमान घलेले अनस्क्रिन रोमान्स गरेका छन् ।
५०० बढी गुरुङ वस्ती रहेको लमजुङको भुजुङ गाउँमा छायांकन गरिएको सोल्टिनी क्या राम्रीको छायांकन विवेक विकले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोको निर्देशन गायक गिरी स्वयंले नै गरेका हुन् ।
वि.सं.२०७९ जेठ २० शुक्रवार १६:५३
















