skip this

कुमारी बैंकको भिसा डेबिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

1.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका निम्ति विश्वको जुनसुकै देशहरूबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

विदेशमा रहेका स्वदेशी तथा विदेशीहरूले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरूमार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।

विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले बताएका छन् ।

फ्री ल्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आय आर्जन कुमारी भिसा डेबिट/ क्रेडिट एवं प्रिपेड मा सोझै प्राप्त गर्न सक्ने छन्।

 

nijgadh-supermart-adz1200-630