skip this

जनगणनामा अधिकांश सूचकहरूमा ग्रामिण र सहरी क्षेत्रकाबीच असमानता देखिएको छ –प्रधानमन्त्री दाहाल

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । २०७८ सालको सार्वनजिक जनगणनामा अधिकांश सूचकमा ग्रामिण र सहरी क्षेत्रकाबीच असमानता देखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। आज १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले धेरैजसो सूचकहरूमा ग्रामिण र सहरी क्षेत्रकाबीच असमानता देखिएको र यसलाई सम्बोधन गरी असन्तुलित बसाइसराईलाई व्यवस्थित गर्नुपर्ने बताएका छन्।

उनले महिला परिवारमूली भएका परिवारहरू तथा परिवारमा उपलब्ध संचारलगायत अन्य साधन सुविधा,सफा खानेपानी प्रयोग गर्ने,बिजुली प्रयोग गर्ने,खाना पकाउन आधुनिक इन्धन प्रयोग गर्ने, शौचालय सुविधा भएका परिवारहरूको अनुपात वृद्धि भएको बताएका छन् । छ । साक्षरता दर ६६ प्रतिशतबाट बढेर करिब ७६ प्रतिशत पुगेको देखिएको उनको भनाई छ । तर धेरैजसो सूचकहरूमा ग्रामिण र सहरी क्षेत्रकाबीच असमानता देखिएको र जसलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइ सराईलाई व्यवस्थित गर्नु पर्ने उनले बताएका छन् ।

 

nijgadh-supermart-adz1200-630