आमाद्धारा छोरीको हत्या
वि.सं.२०७८ फागुन २१ शनिवार १२:५८
2.13K
shares

कपिलवस्तु । कपिलवस्तुमा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं १ उत्तमनगरमा सिता नेपालीले आफ्नै १२ बर्षीया छोरीको हत्या गरेकी हुन् ।
छोरीको हत्यापछि शव लुकाउन हिडेकी आमा नेपालीलाई गोप्य सुचनाको आधारमा शसस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि पक्राउ गरेको जनाईएको छ ।
उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खाजेको खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । उनले घटनाबारे थप अनुसन्धान भईरहेको बताएका छन ।
वि.सं.२०७८ फागुन २१ शनिवार १२:५८
















