skip this

बहुजाती, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता हाम्रो मौलिक पूँजी हुँन् –प्रधानमन्त्री दहाल

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सोनाम ल्होसार पर्वको शुभकामना दिंदै देश हुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा भएको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बताएका छन् । उनले यही नै देशको सम्पत्ति भएको जिकिर गरेका छन् । उनले सोनाम ल्होछारले समस्त नेपालीहरूमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री दहालले देश विदेशमा रहेका ल्होसार मनाउने सबैलाई शुभकामना दिंदै तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई–तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दहालले तामाङ समुदायले आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताएका छन् । उनले यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गरेका छन् ।

nijgadh-supermart-adz1200-630