मैले कसैलाई समर्थन छैन, मेराे उम्मेदवारी कायम छ : नारायण क्षेत्रीले
वि.सं.२०७९ मंसिर ३ शनिवार २१:५०
1.23K
shares

बारा-बारा क्षेत्र नं. ३ प्रदेश क का स्वतन्त्र उम्मेदवार नारायण क्षेत्रीले आफ्नो उम्मेदवारी कायम रहेकाे बताएका छन् ।
आफू विरुद्ध झुट हल्ला फैलाईएकाे भन्दै प्रदेश उम्मेदवार क्षेत्रीले सामाजिक सञ्जालमार्फत उम्मेदवारी कायम रहेकाे बताएका छन् । उनले लेखेका छन् :
मैले अरु उम्मेदवारलाई समर्थन गरेको भनि केही भ्रम सिर्जना गरिएको जानकारी प्राप्त भएको छ । मैले कल्पना पनि नगरेको उक्त हल्लाहरू झुट र कपोलकल्पित हुन । म आफ्नो अभियानमा अडिग छु । लोकतान्त्रिक मुल्य र मान्यता विपरीत भ्रम सिर्जना गर्ने र चरित्र हत्या गर्ने तत्वहरूले सिर्जना गरेको भ्रममा नपर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध छ। 
वि.सं.२०७९ मंसिर ३ शनिवार २१:५०
















