पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु
वि.सं.२०७९ साउन १६ सोमवार ०७:५२
1.82K
shares

काठमाडौं । लेदोसहित खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पछि सडक अवरुद्ध भएकोे थियो ।
दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गए रातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
वि.सं.२०७९ साउन १६ सोमवार ०७:५२

















