खाद्य कम्पनीले रद्द गर्यो अधिकृतको लिखित परीक्षा
वि.सं.२०७९ जेठ २६ बिहीवार ०८:४०
1.34K
shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) ले तीन वर्ष अघि लिएको अधिकृत तहको लिखित परीक्षा रद्द गरेको छ । कम्पनीले १२, २६ र २७, २०७५ लिखित परीक्षा लिएको थियो ।
कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गरेर विज्ञापन नम्बर २१–०७५–७६ अधिकृत, प्रशासन, तह(६ खुलातर्फको लिखित परीक्षा रद्द गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार सर्वोच्च अदालतको फैसला र लोकसेवा आयोगको पत्र अनुसार परीक्षा रद्द गरिएको हो ।
वि.सं.२०७९ जेठ २६ बिहीवार ०८:४०
















