skip this

नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन दिनेछैन –वसन्तबहादुर कुँवर

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो प्राथमिकता भएको नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् । प्रहरीको आन्तरिक सदृढीकरण गर्ने उनको प्रतिज्ञा भएको बताएका छन् ।सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले यस्तो बताएका हुन् ।

त्यस्तै विगतमा भएका त्रुटीहरु लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उनले प्रहरीमा सुधार आवश्यक रहेको बताएका छन् । महानिरीक्षक कुँवरले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे का छन्। अपराधको रोकथाम र अनुसन्धानमा कुनैपनि बहाना र विकल्प बिना काम गर्ने महानिरीक्षक कुँवरले प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनुपर्ने आवश्यक्ता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ,’ उनले भने, ‘अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन ।’ कसैले मार्ग बिराएको भए तिनीहरुलाई सुधार्नुको विकल्प आफूमा नभएको पनि उनले बताए ।

nijgadh-supermart-adz1200-630