skip this

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

927 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल : संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ ।
केही समय अघि मिर्गौला प्रत्यारोपण गरेका डा. थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।
एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए । उनी मेगा बैंकका सञ्चालक एवं नयाँ पत्रिका दैनिकका अध्यक्ष समेत थिए ।

nijgadh-supermart-adz1200-630