उदयपुरमा परराष्ट्रमन्त्रीलाई कालो झण्डा, तीन जना प्रहरी नियन्त्रणमा
वि.सं.२०७८ माघ २० बिहीवार ११:५५
1.8K
shares

उदयपुरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कालो झण्डा देखाएकाे छ। गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् ।
वि.सं.२०७८ माघ २० बिहीवार ११:५५

















