skip this hetauda tech

हावाहुरीसंगै बर्षाको कारण घर भत्किदा च्यापिएर एक महिलाको मृत्यु

459 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट । वर्षासंगै चलिरहेको अत्याधिक हावाहुरीको कारण रौतहटको बौधीमाई नगरपालिकामा खपडाको घर भत्किदा एक महिलाको मृत्यु भएको छ ।
मौसममा आएको परिवर्तनको कारण निरन्तर रुपमा चलिरहेको हावा संगै भईरहेको बर्षाबाट शुक्रवार बौधिमाई नगरपालिका वडा नम्वर १ अजगैवी गाउँ बस्ने राममंगल राय यादवको ४५ बर्षिय श्रीमती फुलमतिया देवी यादवको घर खस्दा चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
फलमतिया देवी खपडाको घरमा बसिरहदा आज दिउसो १२ बजेको समयमा घर भत्किदा इटा, खपडा र काठले च्यापिएर घाईते भए निजलाई तत्कालै छिमेकीहरु बाहिर निकालेर उपचारको लागि मौलापुर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए । उक्त घरमा च्यापेर २ वटा बाख्रा पनि मरेको छ ।

 

nijgadh-supermart-adz1200-630