skip this

युवासंघले उँडायाे सिंहदरबार नजिक कालो बेलुन, ३ जना पक्राउ

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज सिंहदरबार नजिक कालो बेलुन उडाएर युवासंघले सरकारको बिरोध गरेको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरेको भन्दै विरोधमा युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएको हो । सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको हो ।

यस्तै युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्‍य वृद्धिकोसमेत विरोध गरेको छ । स्थानीय तह र मूल्‍य वृद्धिको विरोध गर्ने युवा संघका ३ जना कार्यकर्तालाई सिंहदरवार क्षत्रेबाट प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

 

nijgadh-supermart-adz1200-630