skip this

प्रदेश २ : ओलीले नियुक्त गरेका अहिराजलाई हटाएर कांग्रेसका मिश्र प्रदेश प्रमुख नियुक्त

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : सरकारले प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गरेकाे छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते प्रदेश २ को प्रमुखमा नियुक्त गरेका डा. राजेश अहिराजलाई विस्थापित गर्दै कांग्रेसका पुर्व सासंद हरिशंकर मिश्रलाई नियुक्त गरेको छ।
मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन्। मिश्र एक पटक सांसदसमेत भइसकेका छन्।
   सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिराजलाई प्रदेश २ प्रमुखको जिम्मेवारीबाट पदमुक्त गरेको छ । २०३६ साल जेठमा रौतहटको संग्रामपुरका जन्मिएका राजेश मधेश मामिलाका जानकार हुन्। उनलाई प्रदेश २ प्रमुख बनाउनुअघि ओली सरकारले माओवादी कोटाबाट नियुक्त तिलक परियारलाई त्यहाँबाट हटाएको थियो।

nijgadh-supermart-adz1200-630