skip this farak Kura Pravakar

भूतपूर्व गोर्खाको समर्थन गर्दै लन्डनमा प्रदर्शन

1.5K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

लण्डन : भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको आज दश दिन बितिसकेको छ ।
यत्तिका दिनसम्म पनि बेलायत सरकारले कुनै पहल नगरे पनि आमरण अनसनप्रति ब्रिटिस भेट्रान तथा आम नागरिक सबै एकजुट भएका छन् । ब्रिटिस अभिनेत्री तथा अभियानकर्ता जोआना लुम्लेले समेत भूपू गोर्खाको आमरण अनसनसम्बन्धी मुद्दाको बारेमा आवाज उठाएकी छन् ।
भोक हडतालमा बसेका अनसनकारीहरूलाई भेटेर उनीहरूको मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी छन्। यसै गरी भूतपूर्व गोर्खा एवम् सफल आरोही निर्मल पुर्जा मगर ‘निम्स’ ले पनि एक भिडियो सन्देशमार्फत आफ्नो धारणा व्यक्त गरेका छन् । उनीहरूको समर्थनमा शनिबार र आइतबार आमरणस्थल प्रधानमन्त्रीको कार्यालय  आसपासमा ब्रिटिस भेट्रान्सहरुलगायतले गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विशाल प्रदर्शन गरे ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630